सोमबार पनि सार्वजनिक बिदा दिने सरकारको निर्णय

मन्त्रालयका अनुसार छठ पर्वको धार्मिक तथा सांस्कृतिक परम्परालाई मध्यनजर गर्दै थप एक दिन बिदा दिने व्यवस्था गरिएको हो ।

काठमाडौं । सरकारले छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार छठ पर्वको धार्मिक तथा सांस्कृतिक परम्परालाई मध्यनजर गर्दै थप एक दिन बिदा दिने व्यवस्था गरिएको हो ।

यससँगै छठ पर्वका अवसरमा आइतबार र सोमबार लगातार दुई दिन सार्वजनिक बिदा हुने भएको छ ।