बाँकेमा हुरीले धानबालीमा क्षति

विज्ञापन
ncell

नेपालगञ्ज-१९ मन्निपुरका किसान हेमराज काँदुका अनुसार अधिकांश खेतमा हुरीले धान ढालेको छ ।

राँझा । असोजःलगातारको वर्षासँगै शनिबारको हुरीले यहाँको धानबालीमा क्षति भएको छ । नेपालगञ्ज-१९ मन्निपुरका किसान हेमराज काँदुका अनुसार अधिकांश खेतमा हुरीले धान ढालेको छ । डुडुवा गाउँपालिका-५ का सुजन थापाको खेतमा पनि धान ढलेको छ ।  

कृषि ज्ञान केन्द्रकी वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले धानबालीमा भएको क्षतिको पूर्ण विवरण सङ्कलन भइनसकेको जानकारी दिँदै ३३ हजार ५०३ हेक्टरमा धान रोपिएको बताए ।