कालीगण्डकीले पोखरेबगरको पुल बगायो, मुस्ताङसँगको यातायात सम्पर्क विच्छेद

विज्ञापन
ncell

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार अन्नपूर्ण गाउँपालिकाका वडा २, ३, ४ का साथै मुस्ताङसँगको यातायात सम्पर्कबाट विच्छेद भएका छन् ।

म्याग्दी । बेनी-जोमसोम-कोरला सडकअन्तर्गत अन्नपूूर्ण गाउँपालिका-६ पोखरेबगर र वडा नम्बर- २ भुरुङ्ग-तातोपानीको नौलीबगर जोड्ने पुल कालीगण्डकीले बगाएको छ । 

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार अन्नपूर्ण गाउँपालिकाका वडा २, ३, ४ का साथै मुस्ताङसँगको यातायात सम्पर्कबाट विच्छेद भएका छन् ।  यसैगरी, अन्नपूूर्ण गाउँपालिका-५ गिवाङमा एक र वडा ३ को फगाममा एउटा घर पहिरोमा पुरिएको छ । पुरिएका घरका दुई जनाको खोजी जारी छ । 

बेनी-जोमसोम सडकअन्तर्गत खामभित्तामा पनि कालीगण्डकीले सडक कटान गरेको छ । अन्नपूर्ण गाउँपालिका-४ घरापमा रहेको निलगिरि आधारभूत विद्यालयमा क्षति भएको छ ।