मनोहरा खोलामा बाढी बढेपछि गृहमन्त्री गुरुङ स्थलगत अनुगमनमा

विज्ञापन
ncell

गृहमन्त्री गुरुङ केहीबेरअघि च्यासल क्षेत्र पुगेर बाढीको अवस्था र जोखिमबारे जानकारी लिएको उनको सचिवालयले जनाएको छ ।

काठमाडौं । निरन्तरको वर्षासँगै मनोहरा खोलामा पानीको बहाव बढेपछि गृहमन्त्री सुधन गुरुङ स्थलगत निरीक्षणमा पुगेका छन् ।

गृहमन्त्री गुरुङ केहीबेरअघि च्यासल क्षेत्र पुगेर बाढीको अवस्था र जोखिमबारे जानकारी लिएको उनको सचिवालयले जनाएको छ । नेकपा एमालेको केन्द्रीय कार्यालय नजिकै खोला किनारमा पुगेर उनले नदीको बहाव तथा आसपासको अवस्थाबारे अनुगमन गरेका हुन्।

लगातारको वर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न नदी तथा खोलामा पानीको सतह बढिरहेको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारी निकायहरूले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेका छन् ।