आजदेखि पर्पल रंग मिसिएको १ हजारको नयाँ नोट बजारमा

विज्ञापन
ncell

सगरमाथा र पानीछापको दायाँ तथा बायाँतर्फ १०/१० वटा स्पर्शबाट महसुस गर्न सकिने तेर्सा रेखा राखिएका छन् । नोटको तल्लो भागमा सिरिज जनाउने गरी ‘वि.सं. २०८२’ उल्लेख गरिएको छ ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारदेखि १ हजार रुपैयाँ दरको नयाँ बैंकनोट चलनचल्तीमा ल्याएको छ । ‘सिरिज २०२५’ अन्तर्गत ल्याइएको यो नोटको आकार भने यसअघिकै जस्तो रहेको छ । तर, यसको रङ संयोजनमा परिवर्तन गरिएको छ । नयाँ नोटमा बैजनी घेराभित्र फिक्का हरियो रङको प्रयोग गरिएको छ ।

राष्ट्र बैंकका अनुसार नयाँ नोटमा गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको दस्तखत राखिएको छ । नोटको संकेत नम्बर ट/९२ ०००००१ देखि त/५० ९९९९९९ सम्म रहेको छ ।

नोटको अगाडिको भागमा सगरमाथाको चित्र राखिएको छ भने अर्को भागमा राष्ट्रिय फूल लालीगुराँससहित १००० अंक देखिने पानीछाप छ । प्रकाशमा हेर्दा नीलो रङको सी–थ्रु रजिस्टरमार्फत १००० को पूरा आकृति देख्न सकिन्छिधि प्रयोग गरिएको राष्ट्र बैंकले जनाएको छ । सगरमाथाको दायाँतर्फ रहेको अण्डाकार आकृतिमा भगवतीको चित्र राखिएको छ । नोटलाई सीधा हेर्दा उक्त चित्र सुनौलो देखिन्छ भने ढल्क ।

नोटको सुरक्षा प्रणालीलाई थप बलियो बनाउन विभिन्न आधुनिक सुरक्षण प्रविधि प्रयोग गरिएको राष्ट्र बैंकले जनाएको छ । सगरमाथाको दायाँतर्फ रहेको अण्डाकार आकृतिमा भगवतीको चित्र राखिएको छ । नोटलाई सीधा हेर्दा उक्त चित्र सुनौलो देखिन्छ भने ढल्काउँदा चम्किलो हरियो रङमा परिवर्तन हुन्छ ।

त्यस्तै, नोटमा ३.५ मिलिमिटर चौडाइको चलायमान सुरक्षण धागो राखिएको छ । यो धागो सीधा हेर्दा रातो र ढल्काउँदा हरियो देखिन्छ । धागोमा एनआरबी र १००० अंकसमेत उल्लेख गरिएको छ ।

दृष्टिविहीन व्यक्तिले छोएरै नोट पहिचान गर्न सकून् भनेर पनि विशेष व्यवस्था गरिएको छ । नोटको दायाँतर्फ तल्लो भागमा रोमन अक्षर ‘एम’ राखिएको छ । सगरमाथा र पानीछापको दायाँ तथा बायाँतर्फ १०/१० वटा स्पर्शबाट महसुस गर्न सकिने तेर्सा रेखा राखिएका छन् । नोटको तल्लो भागमा सिरिज जनाउने गरी ‘वि.सं. २०८२’ उल्लेख गरिएको छ ।

नयाँ नोटको पछाडिको भागमा चितवनको सरकारी हात्तीसारमा देवकली नामक हात्तीबाट जन्मिएका जुम्ल्याहा हात्ती ‘राम र लक्ष्मण’ को चित्र समावेश गरिएको छ । त्यसमाथि नेपाल राष्ट्र बैंकको नाम लेखिएको छ ।

पानीछापको दायाँतर्फ नेपालका सातवटै प्रदेशलाई प्रतिनिधित्व गर्ने गरी सात वटा लालीगुराँसका फूलको आकृति राखिएको छ । नोटको अर्को भागमा ‘रुपिज वन थाउजेन्ड’ भन्ने विवरणसँगै हनुमानढोका दरबारस्थित ल्होंचोकको ऐतिहासिक थामको चित्र राखिएको छ ।

नोटको तल्लो भागमा अन्तर्राष्ट्रिय सिरिज जनाउने गरी ‘२०२५ एडी’ उल्लेख गरिएको राष्ट्र बैंकले जनाएको छ ।