घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
बुधबार छापावाल सुन प्रतितोला तीन लाख दुई हजार ३०० र चाँदीको मूल्य चार हजार ८१५ रुपैयाँ कायम भएको थियो ।
काठमाडौं ।नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला तीन हजार २ सय रुपैयाँ र चाँदीको मूल्य १६५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ९९ हजार १ सय रुपैयाँ र चाँदीको चार हजार ६५० रुपैयाँ कायम भएको छ ।
बुधबार छापावाल सुन प्रतितोला तीन लाख दुई हजार ३ सय रुपैयाँ र चाँदीको मूल्य चार हजार ८१५ रुपैयाँ कायम भएको थियो ।
