काभ्रेको रोशी खोला तर्ने क्रममा फसेको बस निकालियो, यात्रु सकुशल

विज्ञापन
ncell

जेसिबीको प्रयोग गरेर बसलाई खोलाबाट निकालिएको जिल्ला प्रहरी कार्यालले बताएको छ ।

काठमाडौँ । काभ्रेको रोशी गाउँपालिका-७ स्थित कटुन्जेमा रोशी खोला तर्ने क्रममा यात्रुवाहक बस फसेको छ । बिहीबार कटुन्जेबाट थानसिंह जाने भित्री सडक खण्डबाट रोशी खोला तर्ने क्रममा यात्रुवाहक बस फसेको हो ।

सशस्त्रको विपद् व्यवस्थापन वेश भकुण्डेवेशी र प्रहरी चौकी भकुण्डे बेशीबाट खटिएको टोलीले बस निकालेका छन् । जेसिबीको प्रयोग गरेर बसलाई खोलाबाट निकालिएको जिल्ला प्रहरी कार्यालले बताएको छ । बसमा सवार यात्रुहरू सकुशल रहेका छन् ।