चालकसँग प्रहरीको व्यवहार र मनोसामाजिक स्वास्थ्यबारे संसदमा उठ्यो प्रश्न
सचेतक ढकालले त्रिपुरेश्वर क्षेत्रमै यसअघि घटेको गणेश नेपालीको आत्मदाह र हालैको अर्जुन दोङको घटनाले सडक सुरक्षाको पाटोलाई थप संवेदनशील बनाएको बताए । ढकालले प्रहरीले चालक र नागरिकसँग गर्ने व्यवहारबारे प्रश्न उठाए ।
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले त्रिपुरेश्वरमा बसभित्रै चालकको आत्मदाहको घटनाले राज्यको सुरक्षा संयन्त्र र यातायात व्यवसायीको कार्यशैलीमाथि गम्भीर प्रश्न खडा गरेको बताएका हुन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा सचेतक धितालले चालक अर्जुन दोङको निधनप्रति दुःख व्यक्त गर्दै प्रहरीको ‘पोलिसिङ’ शैली र चालकहरूको मनोसामाजिक स्वास्थ्यलाई तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । सचेतक ढकालले त्रिपुरेश्वर क्षेत्रमै यसअघि घटेको गणेश नेपालीको आत्मदाह र हालैको अर्जुन दोङको घटनाले सडक सुरक्षाको पाटोलाई थप संवेदनशील बनाएको बताए । ढकालले प्रहरीले चालक र नागरिकसँग गर्ने व्यवहारबारे प्रश्न उठाए ।
मनोसामाजिक क्षेत्रको विज्ञतासमेत रहेकी ढकालले चालकको जीवनमा जोडिएका आर्थिक र मानसिक पक्षलाई राज्य र व्यवसायीले बेवास्ता गर्दा यस्ता परिणाम आउन सक्नेतर्फ सचेत गराए । उनले सरकार, यातायात व्यवसायी र ट्राफिक प्रहरीलाई आ-आफ्नो कार्यशैलीबारे निर्मम समीक्षा गर्न आग्रह गरे । उनले मृतक अर्जुन दोङ र गणेश नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै यस्ता घटना दोहोरिन नदिन ठोस नीतिगत सुधारको माग गरे ।
