बाढी प्रभावितका लागि टोयोटाको ३ करोड सहयोग

विज्ञापन
ncell

यस पहलका माध्यमबाट युटीएस तथा ग्लोबल टोयोटाले सामाजिक उत्तरदायित्व बहन गर्दै ‘हाम्रो नेपालका लागि सँगसँगै’ भन्ने प्रतिबद्धता दोहोर्‍याएका छन् ।

काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटीएस) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ। युटीएसले टोयोटा मोटर एसिया र टोयोटा सुसो एसिया प्यासिफिकसँगको समन्वय र सहकार्यमा उक्त रकम सहयोग गरेको हो ।

रसुवाको भोटेकोशी क्षेत्रमा गत भदौ १० मा आएको बाढीले प्रभावित नेपाली समुदायको मजबुत र उत्थानशील भविष्य निर्माणमा योगदान पुर्‍याउने उद्देश्यले सहयोग गरिएको कम्पनीको भनाइ छ ।

यस पहलका माध्यमबाट युटीएस तथा ग्लोबल टोयोटाले सामाजिक उत्तरदायित्व बहन गर्दै ‘हाम्रो नेपालका लागि सँगसँगै’ भन्ने प्रतिबद्धता दोहोर्‍याएका छन् ।