सुनको मूल्य घट्यो , प्रतितोला कति ?
नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले घटेर ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोलामा ३० रुपैयाँले घटेर ४ हजार ७ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ८ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।
