सुनको मूल्यमा गिरावट, चाँदीको मूल्यमा सामान्य वृद्धि

विज्ञापन
ncell

सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य सामान्य बढेको छ ।

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँ घटेर ३ लाख ३ हजार ९०० रुपैयाँ कायम भएको छ ।

आइतबार छापावाल सुन प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । आइतबारको तुलनामा सोमबार सुन प्रतितोला १ हजार ३०० रुपैयाँ सस्तिएको हो ।

यस्तै आज चाँदीको मूल्य भने बढेको छ। आइतबार प्रतितोला ४ हजार ७९५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १० रुपैयाँ बढेर ४ हजार ८०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।