नाडाद्वारा भोटेकोशी बाढीपीडितलाई राहत सामग्री सहयोग

विज्ञापन
ncell

नाडाका कोषाध्यक्ष पंकज अग्रवाल र सहकोषाध्यक्ष निलमणि पाठकको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले जिल्ला प्रशासन कार्यालय नुवाकोटसँगको समन्वयमा जिल्ला समन्वय समिति, नुवाकोटलाई राहत सामग्री हस्तान्तरण गरेको हो ।

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले राहत सामग्री सहयोग गरेको छ ।

नाडाका कोषाध्यक्ष पंकज अग्रवाल र सहकोषाध्यक्ष निलमणि पाठकको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले जिल्ला प्रशासन कार्यालय नुवाकोटसँगको समन्वयमा जिल्ला समन्वय समिति, नुवाकोटलाई राहत सामग्री हस्तान्तरण गरेको हो ।

नाडाले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले राहत सामग्री उपलब्ध गराएको जनाएको छ ।

यसअघि गत भदौ १८ गते नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेट गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ नगद सहयोगसमेत उपलब्ध गराएको थियो ।

नाडाले प्राकृतिक विपद्का समयमा प्रभावित नागरिकको उद्धार तथा राहतका लागि आफ्नो तर्फबाट निरन्तर सहयोग गर्दै आएको जनाएको छ ।