माछापुच्छ्रे बैंकको साधारणसभा असोज २८ गते, लाभांश पारित गर्दै
बैंकले साधारणसभामार्फत लाभांश वितरण तथा सञ्चालक निर्वाचनलगायतका प्रस्ताव पारित गर्ने जनाएको छ ।
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २८औँ वार्षिक साधारणसभा असोज २८ गते आयोजना गर्ने भएको छ । बैंकको असोज २ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको हो ।
बैंकको वार्षिक साधारणसभाले सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।
त्यस्तै, अग्राधिकार सेयरधनीका लागि समानुपातिक रूपमा हुन आउने ७ करोड ४५ लाख रुपैयाँ वितरण गर्ने प्रस्ताव पनि साधारणसभाबाट स्वीकृत गरिनेछ ।
साधारणसभाका क्रममा बैंकको संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट १ जना सञ्चालकको निर्वाचनसमेत हुनेछ । बैंकले साधारणसभामार्फत लाभांश वितरण तथा सञ्चालक निर्वाचनलगायतका प्रस्ताव पारित गर्ने जनाएको छ ।
