टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्बिरसहित)
काठमाडौंको टुँडिखेलमा कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइएको हो । संविधान सभाबाट ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरणमा हरेक वर्ष ३ असोजमा संविधान दिवस मनाउने गरिन्छ ।
काठमाडौं । संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको दिनको स्मरण गर्दै आज देशभर विभिन्न कार्यक्रम गरेर संविधान दिवस मनाइएको छ ।
काठमाडौंको टुँडिखेलमा कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइएको हो । संविधान सभाबाट ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरणमा हरेक वर्ष ३ असोजमा संविधान दिवस मनाउने गरिन्छ ।
दिवसको अवसरमा संघीय राजधानी काठमाडौंको टुँडिखेलमा मूल समारोह आयोजना गरिएको हो । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री बालेन्द्र साह, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश डा.मनोजकुमार शर्मा, प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललगायत संवैधानिक निकायका प्रमुख तथा उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।
मूल समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विभिन्न सांस्कृतिक समूह तथा विद्यार्थीहरूले मार्चपास, झाँकी र सांस्कृतिक प्रश्तुति समेत गरेका छन् ।