संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिवद्ध छः प्रधानमन्त्री शाह
मानव अधिकार र कानूनी राज्य शर्तहरु नभइ राष्ट्रिय जीवनको आधार भएको बताए । संविधान जति राम्रो भएपनि त्यसलाई चलाउने हात इमान्दार र अनवरत क्रियाशील भएनन् भने त्यो एउटा कागज मात्र बन्ने जिकिर गरे ।
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति वर्तमान सरकार पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् ।
संविधान दिवसको अवसरमा टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले संविधानले नेपाली जनतासँग विविधताबीचको एकता, सबै प्रकारका विभेद र असमानताको अन्त्य र विकास, समृद्धि एवं सामाजिक न्यायका आधारमा समतामूलक समाजको निर्माण, प्रतिष्पर्धी प्रतिष्पर्र्धात्मक बहुदलीय लोकतन्त्रको वाचा गरेको बताए । मानव अधिकार र कानूनी राज्य शर्तहरु नभइ राष्ट्रिय जीवनको आधार भएको बताए । संविधान जति राम्रो भएपनि त्यसलाई चलाउने हात इमान्दार र अनवरत क्रियाशील भएनन् भने त्यो एउटा कागज मात्र बन्ने जिकिर गरे ।
प्रधानमन्त्री शाहले भने, ‘यो संविधानले नेपाली जनतासँग एउटा वाचा गरेको छ । विविधताबीचको एकता, सबै प्रकारका विभेद र असमानताको अन्त्य र विकास, समृद्धि एवं सामाजिक न्यायका आधारमा समतामूलक समाजको निर्माण, प्रतिष्पर्धी प्रतिष्पर्र्धात्मक बहुदलीय लोकतन्त्र, मानव अधिकार र कानूनी राज्य यी हाम्रा लागि शर्तहरु होइनन्, यी हाम्रा राष्ट्रिय जीवनको आधार हुन् । यो संविधानको अक्षर र भावना दुवैप्रति यो सरकार पूर्णरुपमा प्रतिवद्ध छ । तर एउटा कुरा हामीले कहिल्यै बिर्सनु हुँदैन, संविधानको जति संविधान जति राम्रो भएपनि त्यसलाई चलाउने हात इमान्दार र अनवरत क्रियाशील भएनन् भने त्यो एउटा कागज मात्र बन्नेछ । म प्रष्ट भन्छु, यो शुरुवात हो, अन्त्य होइन ।’
प्रधानमन्त्री शाहले आफूहरुले गरेको प्रयास अन्त्य नभइ शुरुवात भएको बताए ।
