मन्त्रिपरिषद्का ५ निर्णय : १३ देशका लागि राजदूत सिफारिसदेखि विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्म

विज्ञापन
ncell

आज बसेको मन्त्रिपरिषद् बैठकले राजदूतहरूको लागि सिफारिस गरेर संसदीय सुनुवाइको पठाउने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए ।

काठमाडौं । सरकारले १३ देशमा राजदूतको नाम सिफारिससहित ५ निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले राजदूतहरूको लागि सिफारिस गरेर संसदीय सुनुवाइको पठाउने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए ।

सरकारले भारतका लागि डा। निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग थापाको नाम सिफारिस गरेको छ ।

त्यस्तै, संयुक्त अधिराज्यका लागि पूर्वप्रधानसेनापति गौरवशमशेर जबराराणा, जापानका लागि जिज्ञनकुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण र स्पेनका लागि प्राप्ति शेरचनलाई प्रस्तावित राजदूतका रूपमा अघि सारिएको छ ।

जर्मनीका लागि शारू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल तथा दक्षिण कोरियाका लागि प्रा। डा.संगम श्रेष्ठको नाम सिफारिस गरिएको छ ।

यसैगरी, श्रीलंकाका लागि डा. मञ्चल झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई राजदूतका रूपमा सिफारिस गरिएको छ ।प्रस्तावित राजदूतहरूको नाम संसदीय सुनुवाइका लागि पठाइनेछ । संसदीय सुनुवाइबाट अनुमोदन भएपछि सम्बन्धित देशबाट सहमति प्राप्त गर्ने प्रक्रिया अघि बढ्ने र त्यसपछि राष्ट्रपतिबाट राजदूत नियुक्त हुने संवैधानिक व्यवस्था छ । 

यस्तै सरकारले नेपाली नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ ।

-साविकमा कृषि, वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको नेपाल मौसम विज्ञान विभागलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत रहने गरी नेपाल सरकार (कार्य विभाजन)नियमावली, २०८३ संशोधन गर्ने।

-नेपाल विद्युत प्राधिकरणको रिक्त कार्यकारी निर्देशकको पदमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्ति गर्ने।

-सहसचिव रुद्रसिंह तामाङलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने। निर्णय सरकारले गरेको छ ।