त्रिशूली हाइड्रोको परियोजना १ भित्र ६ वटा शव फेला
ती शवलाई ग्रीन्डर ग्याँस कटर र रोटरी रेस्क्युको प्रयोग गरी बाहिर निकालिएको नेपाली सेनाले जनाएको छ ।
काठमाडौं । भोटेकोशी बाढीपछि थुनिएको त्रिशूली हाइड्रोको परियोजना १ भित्र ६ वटा शव फेला परेका छन् । ती शवलाई ग्रीन्डर ग्याँस कटर र रोटरी रेस्क्युको प्रयोग गरी बाहिर निकालिएको नेपाली सेनाले जनाएको छ ।
सेनाका अनुसार संयुक्त उद्धार टोलीद्वारा खोजी गर्दा अडिट ३ टनेलभित्र ढलान गर्नको लागि बुनिएको डन्डीको जालीको भित्री भागमा अल्झिएर रहेका ६ शव फेला परेका हुन् ।
टनेलभित्र हिलोमा छोपिएको अवस्थामा अन्य शवजस्तो आकृति देखिएकोले उक्त इलाकामा खोजी कार्य भइरहेको सेनाले उल्लेख गरेको छ ।
