आज दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै
बैठकमा विभिन्न मन्त्रालयबाट मन्त्रिपरिषद्मा पेस भएका प्रस्ताव तथा सरकारका नियमित कामकारबाहीसँग सम्बन्धित विषयमा छलफल गरी आवश्यक निर्णय हुने बताइएको छ ।
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज दिउँसो बस्ने भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।