संविधानका आधारभुत फाउण्डेसनमाथि प्रहार गरे अर्को द्वन्द्व निम्तिन सक्छः वर्षमान पुन

विज्ञापन
ncell

नेपाली कम्युनिष्ट पार्टीका सांसद एवं पूर्वमन्त्री वर्षमान पुनले संविधानका आधारभूत संरचनामाथि प्रहार गर्ने वा पुनर्लेखनतर्फ जाने प्रयासले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने बताएका छन् ।

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद एवं पूर्वमन्त्री वर्षमान पुनले संविधानका आधारभूत संरचनामाथि प्रहार गर्ने वा पुनर्लेखनतर्फ जाने प्रयासले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने बताएका छन् ।

काठमाडौंमा आयोजित ‘संविधान कार्यान्वयनको दोस्रो दशकः अवसर र चुनौती’ विषयक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । संविधान निर्माणका क्रममा भएको संघर्ष र बलिदानबाट स्थापित उपलब्धिलाई सहजै नकार्न वा कमजोर पार्न नहुने उनको भनाइ छ । 

पुनले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता र सामाजिक न्यायलाई संविधानका आधारभुत फाउण्डेसनका रूपमा व्याख्या गर्दै यी संरचनालाई कमजोर पार्ने प्रयासले मुलुकमा अर्को चरणको द्वन्द्व निम्त्याउन सक्ने चेतावनी दिए । 

उनले बदलिँदो शक्ति सन्तुलन, नयाँ राजनीतिक शक्ति तथा नयाँ सम्भावनालाई सम्बोधन गर्दै संविधानको विकास गर्दै जानुपर्ने बताए । त्यसो गर्नसके मुलुकले राजनीतिक स्थायित्व प्राप्त गर्ने उनको भनाइ छ । 

उनले विगतका संघर्ष र त्यसबाट प्राप्त उपलब्धिलाई संरक्षण गर्दै समयअनुकूल सुधार तथा विकासमार्फत संविधानलाई अघि बढाउनुपर्ने बताए ।