आज सुन र चाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
बिहीबार सुन प्रतितोला २ लाख ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रुपैयाँले बढेर ३ लाख ३ हजार १ सय रुपैयाँमा कायम भएको छ । बिहीबार सुन प्रतितोला २ लाख ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १ सय ५० रुपैयाँले बढेर ४ हजार ७ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।
