कर्णाली प्रादेशिक अस्पतालमा तत्काल कार्डियोलोजिस्ट र न्यूरोलोजिस्ट उपलब्ध गराउन सांसद खड्काको माग

विज्ञापन
ncell

उनले प्रादेशिक अस्पतालमा विशेषज्ञ चिकित्सकको अभावमा कर्णालीका बिरामीलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल तथा राजधानी काठमाडौं रिफर गर्नुपर्ने अवस्था रहेको बताए ।

काठमाडौं । नेपाली काँग्रेसका सांसद विष्णुबहादुर खड्काले कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा तत्काल न्यूरोलोजिस्ट र कार्डियोलोजिस्ट चिकित्सकको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । 

उनले प्रादेशिक अस्पतालमा विशेषज्ञ चिकित्सकको अभावमा कर्णालीका बिरामीलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल तथा राजधानी काठमाडौं रिफर गर्नुपर्ने अवस्था रहेको बताए । उनले कर्णाली प्रादेशिक अस्पतालमा क्याथल्यावको मेसिन जडान भएको दुई वर्ष भइसक्दा पनि कार्डियोलोजिस्ट चिकित्सक उपलब्ध नभएको बताए । यस्तै, अस्पतालमा न्यूरोलोजिस्ट चिकित्सकसमेत अभावज रहेको उनको भनाइ छ । 

उनले कर्णालीको भौगोलिक विकटता, गरिबी र सडक दुर्घटनाका कारण गम्भीर अवस्थाका बिरामीलाई हिमाली क्षेत्रबाट समेत हेलिकप्टरमार्फत अस्पताल ल्याउने गरिएको उल्लेख गर्दै खड्काले न्यूरोसम्बन्धी उपचार नहुँदा समस्या हुने गरेको बताए । उनले कर्णाली प्रादेशिक अस्पतालमा तत्काल न्यूरोलोजिस्ट चिकित्सक उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए ।