सिद्धार्थ बैंकले २० प्रतिशत लाभांश दिने
सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीलाई वितरण हुनेछ ।
काठमाडौं । सिद्धार्थ बैंकले आफ्ना सेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको सञ्चालक समितिको २०८३ असोज १ गते बसेको बैठकले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफा तथा ऋणपत्रको पुँजी समायोजन कोषबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकले १४ अर्ब ७९ करोड ४४ लाख ७९ हजार १९५ रुपैयाँ चुक्ता पुँजीको १० प्रतिशत बराबर अर्थात् १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँ बराबरको बोनस सेयर र सोही रकम बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
त्यस्तै, बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको अग्राधिकार सेयरका लागि पनि लाभांश प्रस्ताव गरेको छ । अग्राधिकार सेयर बाँडफाँड भएको मितिदेखि २०८३ असार मसान्तसम्मका लागि ८.२५ प्रतिशतका दरले हुन आउने १० करोड ७५ लाख ८९ हजार ४१ रुपैयाँ बराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरिएको हो ।
सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीलाई वितरण हुनेछ ।
