सिटिजन्स बैंकका शेयरधनीलाई ४ प्रतिशत लाभांश
सिटिजन्स बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
बैंकले शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।
बैंकको २०८३ असार मसान्तसम्म कायम चुक्ता पूँजी १५ अर्ब ५० करोड ७४ लाख ६३ हजार ६१४ रुपैयाँको ३.८० प्रतिशतले हुन आउने ५८ करोड ९२ लाख ८३ हजार ६१७ रुपैयाँ ३४ पैसा बराबरको बोनस सेयर दिने प्रस्ताव गरेको छ । लाभांशमा लाग्ने कर प्रयोजनका लागि ०.२० प्रतिशतले हुन आउने ३ करोड १० लाख १४ हजार ९२७ रुपैयाँ नगद लाभांश दिने भएको छ।
भदौ ३१ गते, बुधबार बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरू वितरण हुनेछ ।
