आज सुन र चाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
मङ्गलबार छापावाल सुन प्रतितोला तीन लाख एक सय रुपैयाँ र चाँदीको मूल्य चार हजार ६ सय रुपैयाँ कायम थियो ।
काठमाडौं ।नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार ७ सय रुपैयाँले बढेर तीन लाख १ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ८५ रुपैयाँले बढेर चार हजार ६८५ रुपैयाँ कायम भएको छ । मङ्गलबार छापावाल सुन प्रतितोला तीन लाख एक सय रुपैयाँ र चाँदीको मूल्य चार हजार ६ सय रुपैयाँ थियो ।
