तीन वर्षपछि कुमारी बैंकले लाभांश घोषणा गर्यो
एनसीसी बैंकसँग मर्जर भएपछि बैंकले लगातार तीन वर्ष लाभांश वितरण गर्न सकेको थिएन । चौथो वर्षमा भने बैंकले लाभांश वितरण गर्न लागेको हो ।
काठमाडौं । कुमारी बैंकले तीन बर्षपछि लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक बर्षको नाफाबाट २.१० प्रतिशत नगद लाभांश (करसहित) घोषणा गरेको हो । बैंकको हाल चुक्तापुँजी २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार ३४० रुपैयाँ छ ।
आव २०८२.८३ को वित्तीय विवरण पारित गरी स्वीकृतिका लागि राष्ट्र बैंकमा पेस गर्ने र साधारणसभाबाट पारित भएपश्चात लाभांश वितरण गर्ने बैंकले जनाएको छ । बैंकले बोनस सेयर भने प्रस्ताव गरेको छैन ।
एनसीसी बैंकसँग मर्जर भएपछि बैंकले लगातार तीन वर्ष लाभांश वितरण गर्न सकेको थिएन । चौथो वर्षमा भने बैंकले लाभांश वितरण गर्न लागेको हो ।