सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो, चाँदी पनि महँगियो
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको १ हजार २ सयले बढेर ३ लाख २ हजार २ सयमा कारोबार भइरहेको छ ।
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको १ हजार २ सयले बढेर ३ लाख २ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको ३ लाख १ हजारमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६० रुपैयाँले बढेर ४ हजार ६६० मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४ हजार ६०० मा कारोबार भएको थियो ।
