एकैदिन ४ हजार ८ सय रुपैयाँले घट्यो सुनको भाउ, चाँदी पनि सस्तियो
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ४ हजार ८ सयले घटेर ३ लाख १ हजारमा कारोबार भइरहेको छ ।
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ४ हजार ८ सयले घटेर ३ लाख १ हजारमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको ३ लाख ५ हजार ८ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २५५ रुपैयाँले घटेर ४ हजार ६०० मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ४ हजार ८५५ मा कारोबार भएको थियो ।
