उद्योगमन्त्रीमा साह सिफारिस, आजै शपथ हुने
सरकारले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपककुमार साहलाई सिफारिस गरेको छ ।
काठमाडौं । सरकारले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपककुमार साहलाई सिफारिस गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपति समक्ष उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त गर्न उनलाई सिफारिस गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
साहलाई मन्त्री पदमा आजै शपथ गराउने कार्यक्रम रहेको जनाइएको छ ।
सीके राउत नेतृत्वको जनमत पार्टीका उपाध्यक्षसमेत रहेका साहले पछि आफ्नै नेतृत्वमा दलसमेत खोलेका थिए । फागुन २१ को चुनावअघि उनी रास्वपाबाट चुनाव लडेका थिए ।
उनले कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई हराएका थिए । साहले मेकानिकल इन्जिनियरिङमा स्नातक र प्राकृतिक स्रोत विकासमा स्नातकोत्तर गरेका छन् ।
