ओलीले भने-‘हामी न पहिला भागेका थियौं, न अहिले भाग्छौं, न कहिल्यै भाग्नेछौं

विज्ञापन
ncell

भदौ २४ गतेको जेन-जी आन्दोलनका क्रममा भएको आगजनीबाट आफ्नो निवासमा पुगेको क्षतिको अवलोकन गर्न बुधबार ओली बालकोट पुगेका हुन् ।

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरू देश छाडेर भाग्ने मानिस नभएको बताएका छन् । गत वर्ष भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा जलाइएको बालकोटस्थित आफ्नो निवासको बुधबार अवलोकन गर्ने क्रममा ओलीले आफूहरू न पहिला भागेको, न अहिले भाग्ने र न भविष्यमा नै भाग्ने बताएका हुन्।

उनले आफूहरू नेपाली मूलका नागरिक भएको उल्लेख गर्दै अरूले उभ्याएको नभई आफ्नै संघर्ष र योगदानबाट स्थापित भएको बताए । 

ओलीले भने, ‘हामी न पहिला भागेका थियौँ, न अहिले भाग्छौँ, न कहिल्यै भाग्छौँ । यो देश हाम्रो पनि हो । हामी अन्य ओरिजनको होइन, नेपाली ओरिजनको हो । हामी अरूले उभ्याएको होइन ।’

भदौ २४ गतेको जेन-जी आन्दोलनका क्रममा भएको आगजनीबाट आफ्नो निवासमा पुगेको क्षतिको अवलोकन गर्न बुधबार ओली बालकोट पुगेका हुन् ।