सरकारलाई जेनजी अभियन्ता मिराजको प्रश्न- नेपाली र जेनजीसँग भएका सम्झौता अहिले कहाँ छन् ?

विज्ञापन
ncell

उनले आफूलाई सत्ताको लोभ नभएको जिकिर गर्दै सरकारलाई विगतमा भएका सम्झौता र प्रतिवद्धतामा फर्किएर तिनको कार्यान्वयनको अवस्था हेर्नसमेत आग्रह गरे ।

काठमाडौं ।  जेन-जी अभियन्ता मिराज ढुंगानाले नयाँ सरकार गठन भएपछि जनजीविकामा अपेक्षित सुधार आउन नसकेको बताएका छन् । बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले महँगी बढेको र सरकारले सुशासन तथा सामाजिक न्यायको क्षेत्रमा पनि प्रभावकारी काम गर्न नसकेको आरोप लगाएका हुन् ।

ढुंगानाले विशेषगरी गृहिणीहरू महँगीको मारमा परेको बताए ।

उनकाअनुसार एक साताका लागि आवश्यक तरकारी किन्नसमेत दुई-तीन हजार रुपैयाँ खर्च गर्नुपर्ने अवस्था आएको छ । उनले सरकारसँग सुशासनको अर्थबारे प्रश्न गर्दै सामाजिक न्यायसमेत नागरिकले अनुभूति गर्नेगरी कार्यान्वयन हुन नसकेको बताए । विभिन्न पक्षसँग सरकारले गरेका सम्झौता कार्यान्वयन नभएको भन्दै उनले गरिमा चौधरी, गणेश नेपाली र जेनजीसँग भएका सम्झौता अहिले कहाँ छन् भनेर प्रश्न गरे ।

ढुंगानाले आफूले विगतमा उठाएका विषय र राखेका अडानबाट पछि नहटेको स्पष्ट पारे । आफू सडकमा रहनुको कारण पनि यही अडान भएको उनको भनाइ छ । उनले आफूलाई सत्ताको लोभ नभएको जिकिर गर्दै सरकारलाई विगतमा भएका सम्झौता र प्रतिवद्धतामा फर्किएर तिनको कार्यान्वयनको अवस्था हेर्नसमेत आग्रह गरे ।