विपद् प्रतिकार्यमा सरकारको भुमिकामाथि प्रश्न गर्ने ठाउँ देख्दिनँः सभापति लामिछाने

विज्ञापन
ncell

उनले हवाई उद्धारको ठूलो र व्यवस्थित अभियान यसअघि विरलै भएको दाबी पनि गरे ।

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रसुवाको भोटेकोशी बाढीपछिको खोज, उद्धार, उपचार र राहत वितरणमा सरकारको भूमिकामाथि प्रश्न उठाउँने ठाउँ नरहेको बताएका छन् । 

प्रतिनिधि सभाको बुधवारको बैठकलाई सम्बोधन गर्दै उनले बाढी प्रतिकार्यमा सरकारको बचाउ गरेका हुन् । उनले विपद्को समयमा सरकारको भुमिकालाई सत्ता र प्रतिपक्षको परम्परागत दृष्टिकोणबाट हेर्न नहुने पनि बताए । उनले विपद्को शुरुवाती घण्टादेखि सरकारले राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरी उद्धार, राहत र उपचारको काम अघि बढाएको बताए । उनले हवाई उद्धारको ठूलो र व्यवस्थित अभियान यसअघि विरलै भएको दाबी पनि गरे । उनले घाइतेको उद्धार तथा उपचार, विस्थापित परिवारका लागि अस्थायी बसोबास र खाद्यान्न व्यवस्थापनमा सरकार गम्भीर भएर लागिपरेको पनि बताए । सभापति लामिछानेले बाढी प्रभावित नागरिकको सुरक्षा तथा आधारभुत आवश्यकताको पूर्ण जिम्मेवारी सरकारले लिइरहेको समेत बताए ।