बालेनप्रति शहीदकी आमाको आक्रोश-एक वर्षपछि श्रद्धाञ्जली, परिवार भेट्न कति वर्ष लाग्छ ?
उनले भनिन्, ‘जेन-जी आन्दोलन भएको एक वर्ष भयो । देशले शहीद पायो, एकदिन बिदा पायो । निमन्त्रणा दिएर कि त आइदिनुस्, केही न केही बोल्दिनुस्, केही त जेनजी शहीदको नाममा केही लेखिदिनुस् भनेर बिहान सात बजेदेखि भन्दा-भन्दा बेलुकी सात बजे स्टाटस त आयो । अन्ततः एक वर्षपछि शहीदलाई श्रद्धाञ्जली!’
काठमाडौं । रास्वपा सांसद रचना खतिवडाले प्रधानमन्त्री बालेन शाहप्रति आक्रोश पोखेकी छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै शहीदकी आमा खतिवडालेले प्रधानमन्त्री शाहसँग असन्तुष्टि जनाएकी हुन् ।
उनले भनिन्, ‘जेन-जी आन्दोलन भएको एक वर्ष भयो । देशले शहीद पायो, एकदिन बिदा पायो । निमन्त्रणा दिएर कि त आइदिनुस्, केही न केही बोल्दिनुस्, केही त जेनजी शहीदको नाममा केही लेखिदिनुस् भनेर बिहान सात बजेदेखि भन्दा-भन्दा बेलुकी सात बजे स्टाटस त आयो । अन्ततः एक वर्षपछि शहीदलाई श्रद्धाञ्जली!’
उनले प्रधानमन्त्री शाहसमक्ष सदनबाट दुईवटा प्रश्न सोधिन् । ‘शहीदले न्याय कति वर्षमा पाउँछ ? शहीद परिवार र घाइते परिवारलाई भेट्न कति वर्ष लाग्छ ?’ भन्दै उनले प्रश्न गरिन् ।