जेन-जी पुस्ताले परिकल्पना गरेको राज्य र समाज निर्माण गर्न सफल भए-नभएको गम्भीर समीक्षा गर्नुपर्छः सांसद केसी
उनले जेन-जी आन्दोलनको मर्मअनुसार मुलुकमा विद्यमान दण्डहीनता र विधिविहीनताको अन्त्य गर्नुपर्नेमा जोड दिए । सांसद केसीले अहिले बजारमा मल र ग्यासको हाहाकार भएको विषयमा सरकारको ध्यानाकर्षण समेत गराए ।
काठमाडौं । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले जेन-जी युवा पुस्ताले परिकल्पना गरेको समाज निर्माण गर्न सफल भयौँ कि भएनौँ भन्ने विषयमा गम्भीर समीक्षा गर्न आवयक रहेको बताएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
गत वर्षको जेनजी पुस्ताको आन्दोलन सरकार परवर्तनको लागि नभई राज्य सञ्चालनको संस्कार परिवर्तनको लागि भएको उनको भनाइ छ । उनले जेन-जी आन्दोलनको मर्मअनुसार मुलुकमा विद्यमान दण्डहीनता र विधिविहीनताको अन्त्य गर्नुपर्नेमा जोड दिए । सांसद केसीले अहिले बजारमा मल र ग्यासको हाहाकार भएको विषयमा सरकारको ध्यानाकर्षण समेत गराए ।
उनले मुलुकमा आइपरेको प्राकृतिक विपद्को सबै पक्ष एकजुट भएर सामना गर्नुपर्ने समेत बताए । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण टनेलमा फसेका नागरिकको उद्धारमा सरकारले थप प्रभावकारी काम गर्न आवश्यक रहेको पनि बताए ।
