सेयरधनीलाई ग्लोबल आईएमई क्यापिटलको २५ प्रतिशत लाभांश
कम्पनीको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
काठमाडौं । ग्लोबल आईएमई क्यापिटल लिमिटेडले गत आर्थिक वर्ष २०८२र८३ को नाफाबाट आफ्ना सेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीका अनुसार १५ प्रतिशत बोनस सेयरबापत ७ करोड ४० लाख ८७ हजार रुपैयाँ तथा १० प्रतिशत नगद लाभांश बापत ४ करोड ९३ लाख ९१ हजार रुपैयाँ वितरण हुनेछ।
प्रस्तावित लाभांश पारित गर्न कम्पनीले असोज १४ गते १९औँ वार्षिक साधारणसभा बोलाएको छ। सञ्चालक समितिको प्रस्ताव साधारणसभाबाट पारित भएपछि कम्पनीका सेयरधनीले प्रस्तावित बोनस तथा नगद लाभांश प्राप्त गर्नेछन्।
