देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री
उनले लेखेका छन्, 'सुशासन कायम हुने नै छ, सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली।'
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मुलुकमा सुशासन कायम हुने बताएका छन् । मंगलबार जेनजी सहिद दिवसमा सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सुशासन कायम हुने बताएका हुन् ।
उनले लेखेका छन्, 'सुशासन कायम हुने नै छ, सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली।' सरकारले आज जेनजी दिवसका अवसरमा मुलुकभर सार्वजनिक बिदा दिएको छ । गत वर्ष भदाै २३ र २४ गते भएकाे जेनजी आन्दाेलनमा ७६ जनाले ज्यान गुमाएका थिए। आन्दाेलनले केपी ओली नेतृत्वकाे सरकार समेत ढलेकाे थियाे ।
