मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई एक्वायर गर्ने
निर्णयसँगै मुक्तिनाथ विकास बैंक, जानकी फाइनान्स र सिन्धु विकास बैंकबीच प्रारम्भिक सम्झौतापत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।
काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई एक्वायर (प्राप्ती) गर्ने भएको छ । भदौ १९ गते बसेको यी बैंकहरुको सञ्चालक समितिको बैठकले सो प्राप्तीको निर्णय गरेको हो । भदौ १९ गते बसेको तीनवटै संस्थाको सञ्चालक समितिको बैठकले प्राप्ति प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। निर्णयसँगै मुक्तिनाथ विकास बैंक, जानकी फाइनान्स र सिन्धु विकास बैंकबीच प्रारम्भिक सम्झौतापत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।
प्राप्ति प्रक्रियालाई अगाडि बढाउन आवश्यक कानुनी तथा नियामकीय प्रक्रिया सुरु गरिएको जनाइएको छ । यससँगै तीन संस्थाका आधारभूत शेयरधनीहरूको सेयर कारोबार रोक्का गरिएको छ ।
प्रकाशन भएका दस्तावेजहरू
6a9e4db8dfc7e_1788759480.pdf
