गरिमा विकास बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने

विज्ञापन
ncell

बैंकको बिहीबार दिउँसो बसेको सञ्चालक समितिको ३५१औँ बैठकले हाल कायम चुक्तापूँजीको १० प्रतिशत बोनस सेयर र करसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

काठमाडौं । गरिमा विकास बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट कुल २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । बैंकको बिहीबार दिउँसो बसेको सञ्चालक समितिको ३५१औँ बैठकले हाल कायम चुक्तापूँजीको १० प्रतिशत बोनस सेयर र करसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

हाल बैंकको चुक्तापूँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार रुपैयाँ छ । प्रस्तावित १० प्रतिशत बोनस सेयरले अन्तिम स्वीकृति पाएपछि बैंकको चुक्तापूँजी करिब ६० करोड २१ लाख रुपैयाँले बढेर ६ अर्ब ६२ करोड ३४ लाख ८३ हजार रुपैयाँ पुग्नेछ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई विकास बैंकको आगामी वार्षिक साधारण-सभाबाट पारित भएपश्चात सेयरधनीहरुलाई वितरण गरिने छ ।