बाढी पीडितका लागि सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा ६२ लाख सहयोग
त्यस्तै, कम्पनीमा कार्यरत कर्मचारीले पनि आफ्नो एक दिनको तलब बराबरको ११ लाख रुपैयाँ सामूहिक रूपमा कोषमा योगदान गर्ने निर्णय गरेका थियो ।
काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्सले भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६२ लाख रुपैयाँ सहयोग गरेको छ ।
कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत ५१ लाख रुपैयाँ र कर्मचारीले एक दिनको तलबबाट ११ लाख रुपैयाँ सहयोग गरेको छ ।
कम्पनीको भदौ १६ गते बसेको सञ्चालक समिति बैठकले सामाजिक उत्तरदायित्वअन्तर्गत ५१ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको थियो ।
त्यस्तै, कम्पनीमा कार्यरत कर्मचारीले पनि आफ्नो एक दिनको तलब बराबरको ११ लाख रुपैयाँ सामूहिक रूपमा कोषमा योगदान गर्ने निर्णय गरेका थियो ।
सोही निर्णयअनुसार कम्पनीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।