पञ्चकन्या समूहले बाढी प्रभावित राहत कोषमा दियो १ करोड ५५ लाख

विज्ञापन
ncell

भदौ १० गते आएको बाढीमा प्रभावितहरुका लागि राष्ट्रिय राहत तथा पुनर्निर्माण कार्यमा सहयोग गर्ने उद्देश्यले रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उपलब्ध गराएको हो ।

काठमाडौं । पञ्चकन्या समूहले बाढी प्रभावितको राहत तथा पुनर्निर्माणका लागि १ करोड ५५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

भदौ १० गते आएको बाढीमा प्रभावितहरुका लागि राष्ट्रिय राहत तथा पुनर्निर्माण कार्यमा सहयोग गर्ने उद्देश्यले रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उपलब्ध गराएको हो ।

पञ्चकन्या समूहका अनुसार पञ्चकन्या ग्रुपमार्फत १ करोड ५५ लाख रुपैयाँ आर्थिक सहयोग गरिएको छ भने पञ्चकन्या फाउन्डेसनमार्फत आवश्यक पुनर्निर्माण सामग्री नेपाल सरकारलाई उपलब्ध गराउनेछ । देशमा आएको विपद्का कारण प्रभावित नागरिकको पीडामा आफूहरू पनि गम्भीर संवेदनशील रहेको भन्दै राहत तथा पुनर्निर्माणमा सक्दो योगदान गर्नु आफ्नो जिम्मेवारी भएको समूहले जनाएको छ ।