शारडा ग्रुपद्वारा भोटेकोशी बाढी पीडितलाई १ करोड १ लाख सहयोग
शारडा ग्रुपका अध्यक्ष शिवरतन शारडाले आज अर्थ मन्त्री स्वर्णिम वाग्लेलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
काठमाडौँ । भोटेकोशीमा गएको बाढी पहिरोका कारण रसुवा, धादिङ, नुवाकोट र आसपासका जिल्लामा पुगेको क्षति र प्रभावित नागरिकहरुको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले शारडा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ ।
शारडा ग्रुपका अध्यक्ष शिवरतन शारडाले आज अर्थ मन्त्री स्वर्णिम वाग्लेलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । ग्रुप अन्तर्गतका विभिन्न कम्पनीहरूको तर्फबाट पशुपति खाद्य तेल उद्योग प्रा.लि.ले ६१ लाख रुपैयाँ, पशुपति सिनप्याक इन्डस्ट्रिज प्रा.लि. बाट १५ लाख रुपैयाँ, प्रिमियर वायर्स प्रा. लि. बाट १५ लाख रुपैयाँ र प्रिमियर डिस्टिलरी लिमिटेडबाट १० लाख रुपैयाँ सहयोग गरेको जनाएको छ ।
आर्थिक सहयोगसँगै ग्रुपले राहत तथा उद्धार कार्यलाई सहयोग पुर्याउन आवश्यक सामग्री तथा मानवीय सहायता पनि उपलब्ध गराएको जनाएको छ । ग्रुपले गुडलाईफ लगायतका रमपम चाउचाउ, गुडलाइफ बिस्कुट तथा जुस गरी करिब ६० लाख रुपैयाँ बराबरका खाद्य तथा पेय पदार्थ नेपाल सरकारलाई उपलब्ध गराएको छ। उक्त सामग्री विपद् प्रभावित तथा तत्काल सहयोग आवश्यक रहेका समुदायमा वितरण गरिने जनाइएको छ ।
आर्थिक सहयोगसँगै शारदा ग्रुपले राहत तथा उद्धार कार्यलाई सहयोग पुर्याउन आवश्यक सामग्री तथा मानवीय सहायता पनि उपलब्ध गराएको छ । ग्रुपले गुडलाईफ लगायतका रमपम चाउचाउ, गुडलाइफ बिस्कुट तथा जुस गरी करिब ६० लाख रुपैयाँ बराबरका खाद्य तथा पेय पदार्थ नेपाल सरकारलाई उपलब्ध गराएको छ। उक्त सामग्री विपद् प्रभावित तथा तत्काल सहयोग आवश्यक रहेका समुदायमा वितरण गरिनेछ ।
त्यसैगरी, प्रभावित जिल्लाहरूमा राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउन ग्रुपले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निःशुल्क अक्सिजन उपलब्ध गराउने पनि घोषणा गरेको छ ।
