भोटेकोशी बाढी पीडितलाई शिवम् सिमेन्टले ११ हजार बोरा सिमेन्ट दिने
यस अन्तर्गत, शिवम् सिमेन्ट लिमिटेडले बाढी प्रभावित परिवारहरूको आवास पुनर्निर्माणका लागि ११० घरधुरी परिवारलाई प्रति परिवार १०० बोराका दरले जम्मा ११ हजार बोरा शिवम् ओ.पि.सि सिमेन्ट निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ ।
काठमाडौँ । बाढीले प्रभावित रसुवा जिल्लासहित बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शिवम् सिमेन्टले राहत, उद्धार तथा पुनर्निर्माण कार्यमा सहयोग गर्ने घोषणा गरेको छ ।
यस अन्तर्गत, शिवम् सिमेन्ट लिमिटेडले बाढी प्रभावित परिवारहरूको आवास पुनर्निर्माणका लागि ११० घरधुरी परिवारलाई प्रति परिवार १०० बोराका दरले जम्मा ११ हजार बोरा शिवम् ओ.पि.सि सिमेन्ट निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ ।
त्यस्तै शिवम् सिमेन्टको सहायक कम्पनी शिवम् होल्डिङ्स लिमिटेडले उद्धार, राहत तथा पुनःस्थापना कार्यलाई सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । उक्त रकम बाढी प्रभावित नागरिकहरूको राहत, उद्धार तथा विपद्पछिको पुनर्निर्माण अभियानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ ।