पर्यटकले कैद गरेको भिडियोबाट खुल्यो केरुङ बाढीको रहस्य..

विज्ञापन
ncell

चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित केरुङ (ग्याइरोङ) काउन्टीमा दृश्य कैद गरिरहेका एक पर्यटकले नेपालतर्फको उच्च हिमाली क्षेत्रमा भएको हिमनदी पहिरो (ग्लेसियर कोल्याप्स) को दृश्य दुर्घटनावश आफ्नो क्यामरामा कैद गरेका छन् ।

एजेन्सी । चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित केरुङ (ग्याइरोङ) काउन्टीमा दृश्य कैद गरिरहेका एक पर्यटकले नेपालतर्फको उच्च हिमाली क्षेत्रमा भएको हिमनदी पहिरो (ग्लेसियर कोल्याप्स) को दृश्य दुर्घटनावश आफ्नो क्यामरामा कैद गरेका छन् ।

चिनियाँ एकेडेमी अफ साइन्सेजअन्तर्गतको ‘इन्स्टिच्युट अफ माउन्टेन हाजाड्र्स एण्ड इन्भायरोन्मेन्ट’ का निर्देशक काङ सिचाङले उक्त भिडियोमा देखिएको हिमनदी पहिरोको स्थान ‘रिमोट–सेन्सिङ’ उपग्रह चित्रहरूसँग मेल खाएको पुष्टि गरेका छन् । विज्ञहरूकाअनुसार सोही हिमनदी पहिरोका कारण केरुङ नाकामा लेदोसहितको ठूलो बाढी (मुडस्लाइड) आएको हो ।

पर्यटकले खिचेको उक्त भिडियोमा देखिएको हिमनदीको क्षय नै केरुङ बन्दरगाहमा आएको बाढीको मुख्य कारण भएको अधिकारीहरूले बताएका छन् ।