रसुवा बाढीपीडितका लागि नाडाको १० लाख सहयोग
भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन लगायतका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ ।
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले रसुवा बाढीबाट प्रभावित पीडितहरूको सहयोग गर्ने भएको छ । नाडाले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै बाढी पीडितको राहत तथा पुनर्स्थापनाका लागि सरकारी कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो ।
भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन लगायतका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ ।
यस कठिन घडीमा नाडाले राज्यलाई सहयोग गर्ने उद्देश्यले ‘प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’ मा १० लाख रुपैयाँ आर्थिक सहयोग पठाउने निर्णय गरेको अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।