भारतले पठायो बाढीपीडितका लागि १० टन मानवीय सहायता सामग्री
यस्तै, भारतले बाढीबाट ज्यान गुमाएकाका परिवारप्रति समवेदना व्यक्त गर्दै प्रभावित सबैप्रति सद्भाव जनाएको छ ।
काठमाडौं । भारत सरकारले रसुवा बाढी पीडितका लागि १० टन मानवीय सहायता सामग्री पठाएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरका अनुसार बाढी प्रभावित नेपालको उद्धार तथा राहत प्रयासमा सहयोग पुर्याउन १० टन मानवीय सहायता तथा अत्यावश्यक औषधि पठाएको हो । उनले सहायता सामग्री पठाएको फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।
यस्तै, भारतले बाढीबाट ज्यान गुमाएकाका परिवारप्रति समवेदना व्यक्त गर्दै प्रभावित सबैप्रति सद्भाव जनाएको छ ।
विदेशमन्त्री जयशंकरले चुनौतीपूर्ण अवस्थामा नेपाल र नेपाली जनताको साथमा भारत रहेको पनि उल्लेख गरेका छन्।