भोटेकोशीको बाढीले रसुवा भन्सारका ५०० गाडी बगाएको अनुमान

विज्ञापन
ncell

रसुवा भन्सारकाअनुसार भन्सार क्षेत्रमा करिब ५०० सवारीसाधन रहेकामा बाढीले सबै बगाएको छ जसमा भन्सार क्षेत्रमा कुनै पनि सवारीसाधन बाँकी नरहेको समेत अुनमान गरिएको छ ।

काठमाडौं । भोटेकोशी नदीमा बुधबार बिहान आएको अकस्मात् बाढीले रसुवा भन्सार क्षेत्रमा रहेका करिब ५०० सवारीसाधन बगाएको अनुमान गरिएको छ । बाढीका कारण भन्सारको वारीपारी दुबैतर्फ रहेका व्यवसायीका गाडी बगाएको हो ।

रसुवा भन्सारकाअनुसार भन्सार क्षेत्रमा करिब ५०० सवारीसाधन रहेकामा बाढीले सबै बगाएको छ जसमा भन्सार क्षेत्रमा कुनै पनि सवारीसाधन बाँकी नरहेको समेत अुनमान गरिएको छ । भन्सार क्षेत्रमा बीवाईडी, एमजी, वुलिङ, ओमोडा एन्ड जेको र नामी लगायतका ब्रान्डको गाडी रहेको बताइएको छ ।