रसुवा बाढी गोसाईंकुण्ड जाने तीर्थयात्रीका आफन्त चिन्तित

विज्ञापन
ncell

भदौ १२ गते पर्ने जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाईंकुण्ड मेलामा सहभागी हुन पछिल्ला दिनमा ठूलो संख्यामा तीर्थयात्री गोसाईंकुण्डतर्फ प्रस्थान गरेका थिए । बुधबार पनि धेरै तीर्थयात्री गाडी रिजर्भ गरेर गोसाईंकुण्डतर्फ गएको बताइएको छ ।

काठमाडौं । भोटेकोशीमा आएको भीषण बाढीले रसुवा तथा आसपासका क्षेत्रमा जनधनमा क्षति पुर्‍याउनुका साथै गोसाईंकुण्ड भ्रमण तथा स्नानका लागि पुगेका आन्तरिक तथा बाह्य पर्यटकसमेत प्रभावित भएका छन् ।

भदौ १२ गते पर्ने जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाईंकुण्ड मेलामा सहभागी हुन पछिल्ला दिनमा ठूलो संख्यामा तीर्थयात्री गोसाईंकुण्डतर्फ प्रस्थान गरेका थिए । बुधबार पनि धेरै तीर्थयात्री गाडी रिजर्भ गरेर गोसाईंकुण्डतर्फ गएको बताइएको छ ।

तर, भोटेकोशी क्षेत्रमा आएको बाढीपछि गोसाईंकुण्डतर्फ प्रस्थान गरेका कतिपय तीर्थयात्रीसँग टेलिफोन सम्पर्क विच्छेद भएको छ । बाढीका कारण नुवाकोट र रसुवा जिल्लाका विभिन्न क्षेत्रमा विद्युत् सेवासमेत अवरुद्ध भएको छ ।

आफन्तहरू तीर्थयात्रामा गएका तर लामो समयदेखि सम्पर्क हुन नसकेपछि परिवारका सदस्यहरूले सामाजिक सञ्जालमार्फत सरकारसँग उद्धार तथा खोजीका लागि आग्रह गर्न थालेका छन् ।

जनैपूर्णिमाको अवसरमा गोसाईंकुण्डमा स्नान गर्न देशका विभिन्न स्थानबाट ठूलो संख्यामा तीर्थयात्री पुग्ने गरेका छन्। पछिल्लो बाढीका कारण तीर्थयात्रीको सुरक्षालाई लिएर चिन्ता बढेको छ ।