नागढुङ्गादेखि भरतपुरसम्मको सडक पूर्णरूपमा बन्द

विज्ञापन
ncell

रसुवाबाट आएको भोटेकोशी नदीको बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत काठमाडौंको नागढुङ्गादेखि चितवनको भरतपुरसम्मको सडक पूर्णरूपमा बन्द गरिएको छ ।

काठमाडौं । रसुवाबाट आएको भोटेकोशी नदीको बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत काठमाडौंको नागढुङ्गादेखि चितवनको भरतपुरसम्मको सडक पूर्णरूपमा बन्द गरिएको छ ।

बाढीले धादिङ जिल्लाअन्तर्गतका राजमार्ग क्षेत्रसमेत प्रभावित पारेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै दुवैतर्फबाट सवारी आवागमनमा रोक लगाइएको हो ।

बाढीका कारण दर्जनौँ बस्ती तथा बजार प्रभावित भई बगाएको जनाइएको छ । तटीय क्षेत्रमा रहेका नागरिकको उद्धार तथा राहतका लागि काठमाडौं उपत्यकाबाट विपद् व्यवस्थापनमा खटिएको प्रहरी टोली प्रभावित क्षेत्रतर्फ परिचालन गरिएको छ।