आज सुनको मूल्यमा सामान्य गिरावट,चाँदी भने बढ्यो
यसअघि मंगलबार पनि सुन तोलाको ३ लाख २२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मूल्य १ सय रुपैयाँले घटेर तोलाको ३ लाख २२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार पनि सुन तोलाको ३ लाख २२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै,आज चाँदीको मूल्य भने सामान्य बढेको छ । महासङ्घकाअनुसार आज चाँदी तोलाको ७५ रुपैयाँले बढेर तोलाको ४ हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको छ ।यसअघि मंगलबार चाँदी तोलाको ४ हजार ९ रुपैयाँमा कारोबार भएको थियो ।
