बसको ठक्करबाट मृत्यु भएकी सिन्की बोहराका परिवारलाई उचित क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण

विज्ञापन
ncell

प्रमुख सचेतक महरले घटनापछि मृतकका परिवारजन र आफन्तले विरोध गर्दा प्रहरीले सवारीसाधनमाथि आवश्यक कारबाही गर्नुको सट्टा उनीहरूमाथि नै प्रहार गरेको आरोप पनि लगाए ।

काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले कैलालीको अत्तरियामा बसको ठक्करबाट मृत्यु भएकी सिन्की बोहराको परिवारलाई उचित क्षतिपूर्ति तथा दोषिमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले ध्यानाकर्षण गराएका हुन् । उनका अनुसार बसको ठक्करबाट बोहरा लडेर घाइते भएपछि उक्त सवारीसाधन पुनः पछाडि फर्केर किच्दा घटनास्थलमै उनको मृत्यु भएको थियो । प्रमुख सचेतक महरले घटनापछि मृतकका परिवारजन र आफन्तले विरोध गर्दा प्रहरीले सवारीसाधनमाथि आवश्यक कारबाही गर्नुको सट्टा उनीहरूमाथि नै प्रहार गरेको आरोप पनि लगाए । उनले पीडित परिवारलाई न्याय, उचित क्षतिपूर्ति र घटनामा संलग्न दोषीमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरे । आईतवार अत्तरिया बसपार्कमा पानी बेच्दै आएकी बोहरालाई महेन्द्रनगरबाट दार्चुलातर्फ जाँदै गरेको बसले ठक्कर दिँदा उनकाचे घटनास्थलमै मृत्यु भएको थियो ।