पर्वतारोही तथा हिमाली पथप्रदर्शकहरूलाई विदेश पलायन हुनबाट रोक्न सबै एकजुट हुन जरुरीः सांसद शेर्पा

विज्ञापन
ncell

उनले २०३५ सालमा बनेको पर्यटन ऐनकै आधारमा मुलुकको पर्यटन क्षेत्र सञ्चालन हुँदै आएकोमा अहिले नयाँ ऐन बन्न लागेकोमा खुशी समेत व्यक्त गरे ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा पर्वतारोही मिङ्मा ग्याबु शेर्पाले दक्ष पर्वतारोही तथा हिमाली पथप्रदर्शकहरू (माउण्टेन गाइड) लाई विदेश पलायन हुनबाट रोक्न सरोकारवाला निकायहरु एकजुट हुन आवश्यक रहेको बताएका छन् । 

सगरमाथा आरोही संघको २५ औँ वार्षिकोत्सवका अवसरमा आईतबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले हिमाली पथप्रदर्शकहरूलाई उचित पारिश्रमिक र पर्वतारोहीलाई उचित सम्मानको वातावरण बनाउन नसके पर्वतीय पर्यटनका क्षेत्रमा विडम्बनापूर्ण चुनौतीको सामना गर्नुपर्ने बताए । उनले २०३५ सालमा बनेको पर्यटन ऐनकै आधारमा मुलुकको पर्यटन क्षेत्र सञ्चालन हुँदै आएकोमा अहिले नयाँ ऐन बन्न लागेकोमा खुशी समेत व्यक्त गरे । उनले संसदीय समितिको बैठकमा पर्यटन विधेयकमाथि सरोकारवाला निकायहरुसँग छलफल भइरहेको जानकारी दिँदै पर्वतारोहीका समस्या र अधिकार ऐनमा कसरी समेट्ने रु भन्ने विषयमा आफ्ना सुझाव राख्न समेत आग्रह गरे । व्यक्तिगत स्वार्थ र राजनीतिभन्दा माथि उठेर पर्वतारोहण क्षेत्रको अधिकार तथा नेपालको पर्यटन क्षेत्रको भविष्यका विषयमा सबैले काम गर्नुपर्ने आवश्यकता रहेको पनि बताए । 

उनले पर्वतारोहण नेपालको पर्यटनको अभिन्न अंग रहेको भन्दै यस क्षेत्रमा रहेका समस्या समाधान गर्न आफू क्रियाशील रहने प्रतिवद्धता समेत व्यक्त गरे ।